सत्ता लिने प्रयास गरेको आरोप राष्ट्रपतिद्वारा अस्वीकार. VIDEO BELOW!
हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
![]() |
गत वर्ष तत्कालीन प्रधानमन्त्रीलाई हटाएर शासनको वागडोर आफ्नो हातमा लिने प्रयासहरु गरेको भनी लगाइएका आरोपलाई राष्ट्रपति रामवरण यादवले अस्वीकार गरेका छन्।
पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रपति यादवमाथि चारपटक कु को प्रयास गरेको भनी गत हप्ता लगाएको आरोपबारे मंगलबार बीबीसी नेपाली सेवासंग कुरा गर्दै उनले आफु कानुनको शासनको सिद्धान्तको पक्षपाती रहेको जनाए।
“कु भनेको सेना लगाएर गरिन्छ। तर म जुन बाटोबाट हिंडेर यहाँसम्म आइपुगेको छु, त्यस्तो अवधारणालाई मैले कहिल्यै स्वीकार गर्दिन,” राष्ट्रपति यादवले भने।
उनले राष्ट्राध्यक्षको रुपमा आफुले यस प्रकृतिका आरोपबारे टिप्पणी गर्नु आवश्यक नभएको पनि बताए।
चुनाव
चुनावको सन्दर्भमा कुरा गर्दै राष्ट्रपति यादवले कार्तिक मसान्त वा मंसिर महिनाको शुरुमा संविधानसभाको दोस्रो चुनाव सफलतापूर्वक सम्पन्न हुनेमा आफु विश्वस्त रहेको जनाए।
मंसिरभित्र चुनाव नभए के होला? भन्ने प्रश्नको जवाफमा उनले त्यस्तो कुरा सोच्न नहुने बताए।
कतिपय दलहरुले वर्तमान चुनावी सरकारको विरोधगर्दै निर्वाचनका प्रक्रियाहरुसमेत विथोलेकोप्रति उनले चिन्ता जनाए।
"कु भनेको सेना लगाएर गरिन्छ। तर म जुन बाटोबाट हिंडेर यहाँसम्म आइपुगेको छु, त्यस्तो अवधारणालाई मैले कहिल्यै स्वीकार गर्दिन"
राष्ट्रपति रामवरण यादव
तर अन्तिममा सबैजना चुनावकै बाटोमा आउने उनको विश्वास थियो।
“जुन दलहरु बाहिर छन्, तिनीहरुसंग सरकारले तथा अन्य दलहरुले कुरा गरिरहेका छन्। मैले पनि अनौपचारिक भेटघाट गरेको छु। म विश्वस्त छु कि सबैजना यही बाटोमा आउनेछन् र राष्ट्र सफल हुनेछ,” उनले भने।
चुनावका निम्ति राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समर्थन रहेको उनको भनाई थियो।
खण्डन
विगतमा भारतबाट उनलाई पर्याप्त साथ र समर्थन नरहेको भन्ने सार्वजनिक टिप्पणीहरुको उनले खण्डन गरे।
“मलाई लाग्दैन कि कसैले मलाई सहयोग गरेन वा गर्दैन। नेपाली जनताको सर्वोपरि हितका लागि मैले सबैसंग राम्रो सम्बन्ध राखेर अगाडि बढ्दैछु,” यादवको भनाई थियो।
गत पाँच वर्षको आफ्नो कार्यकालको समीक्षा गर्ने क्रममा उनले राष्ट्रको सफलतानै आफ्नो सफलता हुने जनाउँदै द्वन्द्वको व्यवस्थापन भएपश्चात अब नयाँ संविधान सुनिश्चित गर्नुपर्ने अभिभारा बाँकी रहेको बताए।
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
![]() |
Category:
0 comments